• ON AIRमिक्स गीतहरु
  • UP NEXTलोक गीतहरु

रुकुम पूर्वमा विपद् जोखिम व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम  सम्पन्न

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वमा दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सशक्तीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली कार्यक्रम अन्तर्गत सञ्चालित समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन (CBDRM) तालिम तथा आपतकालीन सामग्री भण्डारणसम्बन्धी कार्यक्रम आज सम्पन्न भएको छ।

 

नेपाल मगर समाज सेवा तथा सूचना केन्द्रको आयोजना तथा IPAS नेपालको सहयोगमा असोज १७ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको तालिममा समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका साथै आपतकालीन अवस्थामा आवश्यक तयारी र सामग्री व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो।

 

तालिममा विपद्का सम्भावित जोखिम पहिचान, विपद् पूर्वतयारी, प्रतिकार्य तथा समुदायको क्षमता अभिवृद्धिसँगै यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, जलवायु परिवर्तन तथा उत्थानशील स्वास्थ्य सेवा प्रणाली लगायतका विषयमा समेत छलफल तथा प्रशिक्षण गरिएको आयोजकले जनाएको छ।

No description available.

विपद्का समयमा समुदायमै आवश्यक तयारी गर्न सक्ने क्षमता विकास गर्ने र आपतकालीन अवस्थामा आवश्यक सामग्रीको उचित व्यवस्थापनमार्फत जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ। पाँच दिनसम्म सञ्चालन भएको तालिम आज सम्पन्न भएसँगै सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ। कार्यक्रमले रुकुम पूर्वका समुदायलाई विपद्को जोखिमसँग जुध्न थप सक्षम बनाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

प्रतिकृया दिनुहोस
SITENAME

रास्वपाको ‘हामी आउँछौँ, सुन्छौँ’ अभियान रुकुम पूर्वमा

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नागरिकका समस्या, गुनासा र सुझाव सुन्न रुकुम पूर्वमा ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम सञ्चालन गर्ने भएको

SITENAME

लगातारको वर्षाले रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ र ७ जोड्ने झोलुङ्गे पुल बगायो

रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ र ७ जोड्ने झोलुङ्गे पुल लगातारको वर्षाका कारण बगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ । सिस्ने गाउँपालिका–३ को

SITENAME

उत्तरगङ्गा नदीमा बाढीस् विद्यालय डुबानमा, बेलिब्रिज र झोलुङ्गे पुल उच्च जोखिममा

पुथा उत्तरगङ्गा गाउँपालिकामा लगातारको वर्षाका कारण नदीमा आएको बाढीले जनजीवन प्रभावित भएको छ। नदीको बहाव अत्यधिक बढेपछि गाउँपालिका–११ मा अवस्थित