• ON AIR
  • UP NEXTलोक गीतहरु

उत्तरगङ्गा नदीमा बाढीस् विद्यालय डुबानमा, बेलिब्रिज र झोलुङ्गे पुल उच्च जोखिममा

रेडियो पूर्वी रुकुम
SITENAME

पुथा उत्तरगङ्गा गाउँपालिकामा लगातारको वर्षाका कारण नदीमा आएको बाढीले जनजीवन प्रभावित भएको छ। नदीको बहाव अत्यधिक बढेपछि गाउँपालिका–११ मा अवस्थित उत्तरगङ्गा आधारभूत विद्यालय डुबानमा परेको छ भने गाउँपालिकाको गौरवको आयोजनाका रूपमा रहेको उत्तरगङ्गा बेलिब्रिजसमेत उच्च जोखिममा परेको छ।

 

गत ८ गतेदेखि भइरहेको लगातारको वर्षाका कारण उत्तरगङ्गा नदीमा पानीको सतह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूका अनुसार उत्तरगङ्गा नदीमा सम्भवतः इतिहासमै पहिलोपटक यति ठूलो बाढी आएको हो। बाढीसँगै आएको लेदो माटो र गेग्रान बेलिब्रिज आसपासको क्षेत्रमा थुप्रिएको छ, जसले गर्दा पुल थप जोखिममा परेको छ।

 

यसैगरी, अविरल वर्षाका कारण सानोभेरी नदीले किनारा कटान गर्दा पहिरो गएको छ। पहिरोका कारण पुथा उत्तरगङ्गा गाउँपालिका–२ को तातोपानी नजिकै रहेको झोलुङ्गे पुलसमेत उच्च जोखिममा परेको छ।

 

बाढी र पहिरोका कारण नदी तथा खोलानालाका आसपासका क्षेत्र जोखिममा परेकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

 

पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले नदीको बहाव उच्च रहेको र खतरा अझै नटरेको भन्दै सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। स्थानीय प्रशासन र गाउँपालिकाले जोखिमयुक्त क्षेत्रका बासिन्दामाथि विशेष निगरानी राखेका छन्।

प्रतिकृया दिनुहोस
SITENAME

रास्वपाको ‘हामी आउँछौँ, सुन्छौँ’ अभियान रुकुम पूर्वमा

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नागरिकका समस्या, गुनासा र सुझाव सुन्न रुकुम पूर्वमा ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम सञ्चालन गर्ने भएको

SITENAME

रुकुम पूर्वमा विपद् जोखिम व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम  सम्पन्न

रुकुम पूर्वमा दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सशक्तीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली कार्यक्रम अन्तर्गत सञ्चालित समुदायमा

SITENAME

लगातारको वर्षाले रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ र ७ जोड्ने झोलुङ्गे पुल बगायो

रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ र ७ जोड्ने झोलुङ्गे पुल लगातारको वर्षाका कारण बगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ । सिस्ने गाउँपालिका–३ को