• ON AIRमिक्स गीतहरु
  • UP NEXTलोक गीतहरु

पुथाउत्तरगङ्गा ८ र ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा गाभ्न माग

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको सिङ्गो ८ वडा र ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा गाभ्न माग गरेका छन् । आज सोमबार जिल्ला समन्वय समिति रुकुमपूर्वमा पुगेर वडावासीले ८ नम्बर वडा र ७ को खारखोलालाई भुगोलले पायक पर्ने सिस्ने गाउँपालिकामा गाभ्न सहजीकरणका लागि माग पेश गरेका हुन् ।  पुथाउत्तरगङ्गा-८ र ७ को खारखोलाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवीले संयुक्त रुपमा बैठक बसेको निर्णय सहित सिस्नेमा गाभ्न सहजीकरणको माग पेश गरेका छन् । 

 

भुगोलको हिसाबले पुथाउत्तरगङ्गा-८ र ७ को खारखोला पुथाउत्तरगङ्गाको केन्द्र तकसेरा जान टाढा अपायक पर्ने भएकोले पायक पर्ने सिस्ने गाउँपालिकामा वडा गाभ्न वडावासी इच्छुक रहेको पुथाउत्तरगङ्गा-८ का वडाध्यक्ष पूर्ण मल्ल शाहीले बताउनुभयो । वडावासीको इच्छा अनुसार निर्णय पालिका र जिल्ला समन्वयमा पेश गरेकोमा सोही अनुसार २०८३ साउन १३ गते गाउँसभाको बैठकले ७ को खारखोलालाई ८ मा गाभी उक्त वडालाई सिस्ने गाउँपालिकामा गाभ्न निर्णय गरेको तर पछिल्लो पुथाउत्तरगङ्गा कार्यपालिकाको बैठकले ८ नम्बर र खारखोलालाई सिस्नेमा गाभ्न नहुने निर्णय गरेको बताइएको छ ।  साउन १३ गतेको निर्णय सदर गर्न  सहजीकरणका लागि ८ नम्बर वडा र खारखोलाले जिल्ला समन्वयमा माग पेश गर्नुभएको छ । यदि पालिकाले साउन १३ को निर्णय सदर नगरेमा कानुनी बाटो रोज्ने वडावासीको भनाइ रहेको छ ।

 

जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले वडावासीको निर्णयलाई नै पालिकाले प्राथमिकता दिनु पर्ने बताउनुभयो । भने यश विषयमा जिल्ला समन्वय समितिले पनि सहजीकरण गर्ने श्रेष्ठले जानकारी दिनुभयो । साथै वडावासीले पुनः एक पटक आफ्नो माग पालिकामा पेश गरी छलफलको माध्यमबाटै नै निकास खोज्न प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सकियो

जयमान बुढा मगर - रुकुमपूर्वमा गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान

SITENAME

रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरु

रुकुमपूर्वमा गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम सुरु भएको छ ।

SITENAME

रास्वपाको ‘हामी आउँछौँ, सुन्छौँ’ अभियान रुकुम पूर्वमा

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नागरिकका समस्या, गुनासा र सुझाव सुन्न रुकुम पूर्वमा ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम सञ्चालन गर्ने भएको