रुकुम पूर्वमा उत्पादक, वितरक र उपभोक्तालाई सचेतना

रुकुम पूर्वमा उत्पादित वस्तुको गुणस्तर र लेबलिङ सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । आज रुकुमकोटमा रहेको मल्ल होटेलमा घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वको आयोजनामा चेतना फैलाउने , बस्तुको गुणस्तर कायम गर्ने, उपभोक्तालाई ठगिनबाट बचाउने उदेश्यले सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख तिलकराम वलिले वस्तुको गुणस्तर, गुणस्तरिय वस्तु, वस्तुको प्याकेजिङ, प्याकेजिङका मुख्य कार्यहरु, उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ मा व्यवस्था गरिका निषेधित मुख्य कसुरहरुका बारेका जानकारी दिनुभएको थियो । त्यस्तै उहाले निरीक्षणका क्रममा हुने जरिवाना, उपभोक्ता संरक्षण नियमावली २०७६ को प्रावधान बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै जिल्ला समन्वय समिती रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख रविन्द्र बुढाक्षेत्रीले वस्तुको परिभाषा, सेवा,गुणस्तरीय वस्तु वा सेवा, गुणस्तरीय वस्तु वा सेवाका विषेशता , गुणस्तरमा ध्यान दिनुपर्ने कुराहरु, उपभोक्तका अधिकारहरुका बारेका जानकारी दिनुभएको छ । कार्यक्रममा रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राई, सिस्ने गाउँपालिका ६ का वडाध्यक्ष पूर्ण बहादुर मल्ल ,कार्यालयका नायब सुब्बा सन्तोष मल्ल कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कार्यालयका लेखापाल निर्मल आचार्यले गर्नुभएको थियो ।।

रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सकियो
जयमान बुढा मगर - रुकुमपूर्वमा गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान

पुथाउत्तरगङ्गा ८ र ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा गाभ्न माग
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको सिङ्गो ८ वडा र ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा गाभ्न माग गरेका छन् । आज सोमबार जिल्ला समन्वय समिति

रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरु
रुकुमपूर्वमा गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम सुरु भएको छ ।









प्रतिकृया दिनुहोस