रुकुमकोटमा बजार अनुगमन

निराजन सिर्पाली / रुकुमपूर्व - रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ स्थित छिप्रिदह बजारमा बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमको नेतृत्वमा बजार अनुगमन गरिएको हो । नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अनुसार जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व, घरेलु तथा साना उद्योग कार्यालय रुकुमपूर्व, उद्योग वाणिज्य संघ रुकुमपूर्व, सिस्ने गाउँपालिका, जिल्ला प्रहरी कार्यालय रुकुमपूर्व, सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुमपूर्व, नेपाल पत्रकार महासंघ रुकुमपूर्व र बाल सञ्जाल रुकुमपूर्वलगायतका निकायका प्रतिनिधिहरूको सक्रिय सहभागितामा बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा ३ हजार २१० रुपैयाँ बराबरका म्याद गुज्रिएका विभिन्न खाद्यवस्तु तथा सामग्री बरामद गरिएको थियो । बरामद गरिएका सामग्री सबै सरोकारवाला निकायका प्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको नेपाल पत्रकार महासंघ रुकुमपूर्वले जनाएको छ । अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले व्यवसायीलाई व्यवसाय दर्ता तथा नवीकरणका कागजात अद्यावधिक राख्न, पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्न तथा होटलहरूमा सरसफाइ कायम गर्न निर्देशन दिनुभएको छ ।
उपभोक्ताको स्वास्थ्य र हितको संरक्षण गर्दै बजारमा गुणस्तरीय वस्तुको बिक्रीवितरण सुनिश्चित गर्न बजार अनुगमन गरिएको हो । म्याद गुज्रिएका वस्तुको बिक्रीवितरण रोक्न तथा व्यवसाय सञ्चालनलाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायले नियमित बजार अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ ।।

रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सकियो
जयमान बुढा मगर - रुकुमपूर्वमा गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान

पुथाउत्तरगङ्गा ८ र ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा गाभ्न माग
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको सिङ्गो ८ वडा र ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा गाभ्न माग गरेका छन् । आज सोमबार जिल्ला समन्वय समिति

रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरु
रुकुमपूर्वमा गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम सुरु भएको छ ।









प्रतिकृया दिनुहोस