• ON AIRमिक्स गीतहरु
  • UP NEXTलोक गीतहरु

रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सकियो

रेडियो पूर्वी रुकुम
SITENAME

जयमान बुढा मगर - रुकुमपूर्वमा गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम समापन भएको छ । जिल्ला समन्वय समिति रुकुमपूर्वको आयोजनामा सिस्ने गाउँपालिका-६ छिप्रिदह स्थित रुकुमकोटमा रहेको मल्ल होटेलको सभाहलमा सोमबार देखि सुरु भएको वार्षिक समीक्षा कार्यक्रम आज मङ्गलबार समापन भएको हो । 

 

उक्त समीक्षा कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसराकरी कार्यालयले आफ्नो वार्षिक कार्यक्रम प्रस्तुतीकरण गर्नु भएको थियो ।  सबै निकाय सेवामा समर्पित भएर काम गर्नु पर्ने समापन कार्यक्रमका प्रमुख अतिथि एवम् प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले बताउनुभयो । जनप्रतिनिधिले प्राथमिकतामा राखेका योजनालाई जिल्ला स्थित कार्यालयले इमानदार भएर कार्यान्वयन गर्नु हुन सभापति बुढाले आग्रह गर्नुभयो । 

 

यसैगरी जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले समीक्षा कार्यक्रममा प्रस्तुत भएका राम्रा कामलाई निरन्तरता दिने र कमीकमजोरी भएका कामलाई सुधार गरेर जानु पर्ने बताउनुभयो । सबै तह र निकायबाट आआफ्नो काम पूरा गरेर जिल्लाको विकासलाई तिव्रता दिनु पर्ने श्रेष्ठले बताउनुभयो ।  जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाको रहेको थियो । भने विशेष अतिथिमा प्रदेशसभा सदस्य सुरुल पुनको रहेको थियो । 

 

अन्य अतिथिमा जिसस उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी कोपिला राई लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

पुथाउत्तरगङ्गा ८ र ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा गाभ्न माग

रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको सिङ्गो ८ वडा र ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा गाभ्न माग गरेका छन् । आज सोमबार जिल्ला समन्वय समिति

SITENAME

रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरु

रुकुमपूर्वमा गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम सुरु भएको छ ।

SITENAME

रास्वपाको ‘हामी आउँछौँ, सुन्छौँ’ अभियान रुकुम पूर्वमा

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नागरिकका समस्या, गुनासा र सुझाव सुन्न रुकुम पूर्वमा ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम सञ्चालन गर्ने भएको