रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरु

रुकुमपूर्वमा गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम सुरु भएको छ । आज सोमबार जिल्ला समन्वय समिति रुकुमपूर्वको आयोजनामा सिस्ने गाउँपालिका-६ छिप्रिदह स्थित रुकुमकोटमा रहेको मल्ल होटेलको सभाहलमा वार्षिक समीक्षा कार्यक्रम सुरु भएको हो । समीक्षा कार्यक्रम प्रतिनिधिसभाका सदस्य सुरेशकुमार चौधरीले उद्घाटन गर्नुभएको हो ।
सोमबार देखि सुरु भएको समीक्षा मङ्गलबार सम्म सञ्चालन हुने भएको छ । उक्त समीक्षा कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसराकरी कार्यालयले आफ्नो वार्षिक कार्यक्रम प्रस्तुतीकरण गरिराख्नु भएको छ । विगतका सरकारमा नेतृत्व गर्ने पार्टीले प्रधानमन्त्री र अर्थ मन्त्रीको प्रभावमा बजेट विनियोजन हुने गरेकोमा रास्वपाको सरकारले कसैको प्रभावमा नपरी सन्तुलित बजेट विनियोजन भएको प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सदस्य चौधरीले बताउनुभयो । यसैगरी जिल्ला स्तित कार्यालयमा सेवा लिन आएका सेवा ग्राहीलाई सास्ती नदिन चौधरीले आग्रह गर्नुभयो । सेवाग्राही लाइनमा नबसी अनलाइनबाट व्यवस्थित रुपले सेवा दिन सांसद चौधरीले धारणा राख्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरीको रहेको थियो । भने विशेष अतिथिमा लुम्बिनी प्रदेशसभाका प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढा, प्रदेश सभा स्दस्य सुरुल पुनको रहेको थियो । अन्य अतिथिमा जिसस उपप्रमुख मोहनबहादुर केसी, प्रमुख जिल्ला अधिकारी कोपिला राई, भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढा, सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेकोमा स्वागत मन्तव्य जिसस उपप्रमुख मोहनबहादुर केसीले राख्नुभएकोमा कार्यक्रमको सञ्चालन निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीले गर्नुभएको थियो ।

रुकुमपूर्वमा जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सकियो
जयमान बुढा मगर - रुकुमपूर्वमा गत आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक समीक्षा तथा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदानप्रदान

पुथाउत्तरगङ्गा ८ र ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा गाभ्न माग
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको सिङ्गो ८ वडा र ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा गाभ्न माग गरेका छन् । आज सोमबार जिल्ला समन्वय समिति

रास्वपाको ‘हामी आउँछौँ, सुन्छौँ’ अभियान रुकुम पूर्वमा
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नागरिकका समस्या, गुनासा र सुझाव सुन्न रुकुम पूर्वमा ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम सञ्चालन गर्ने भएको









प्रतिकृया दिनुहोस