• ON AIR
  • UP NEXTलोक गीतहरु

लगातारको वर्षाले रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ र ७ जोड्ने झोलुङ्गे पुल बगायो

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ र ७ जोड्ने झोलुङ्गे पुल लगातारको वर्षाका कारण बगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ । सिस्ने गाउँपालिका–३ को पोखरा बस्ती र वडा नम्बर ७ को नाथीगाड जोड्ने सानीभेरी नदीमाथिको झोलुङ्गे पुल नदीको बहाव बढेपछि बगेको हो । सिस्ने गाउँपालिका–३ का वडाध्यक्ष हेराम खड्काका अनुसार लगातारको वर्षाका कारण सानीभेरी नदीको बहाव बढ्दा अनुमानित तीन सय मिटर लामो झोलुङ्गे पुल बगाएको हो ।

 

पुल बगेपछि नाथीगाडबाट घट्ट पिस्न जाने स्थानीय तथा सोही पुलबाट आवतजावत गर्ने विद्यार्थीसमेत समस्यामा परेका छन् । उक्त पुलबाट दैनिक तीनदेखि चार सय जनासम्मले आवतजावत गर्ने गरेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । हाललाई आवतजावतका लागि सिस्ने गाउँपालिका–३ को धाउनेमा रहेको पुललाई वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

 

पुल बगेपछि स्थानीयवासीले तत्काल वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । सिस्ने गाउँपालिका–३ का स्थानीय अम्मर खत्रीले सानीभेरी नदीले पुल बगाएको घटनाले स्थानीयवासीलाई चिन्तित बनाएको बताउनुभयो । उहाँले दैनिक आवतजावत गर्ने स्थानीयलाई प्रत्यक्ष असर परेको भन्दै आवतजावत सहज बनाउन तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । साथै उहाँले सबै स्थानीयवासीलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

रास्वपाको ‘हामी आउँछौँ, सुन्छौँ’ अभियान रुकुम पूर्वमा

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नागरिकका समस्या, गुनासा र सुझाव सुन्न रुकुम पूर्वमा ‘हामी आउँछौँ, सुन्छौँ’ कार्यक्रम सञ्चालन गर्ने भएको

SITENAME

रुकुम पूर्वमा विपद् जोखिम व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम  सम्पन्न

रुकुम पूर्वमा दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सशक्तीकरण तथा जलवायु उत्थानशील स्वास्थ्य सेवा प्रणाली कार्यक्रम अन्तर्गत सञ्चालित समुदायमा

SITENAME

उत्तरगङ्गा नदीमा बाढीस् विद्यालय डुबानमा, बेलिब्रिज र झोलुङ्गे पुल उच्च जोखिममा

पुथा उत्तरगङ्गा गाउँपालिकामा लगातारको वर्षाका कारण नदीमा आएको बाढीले जनजीवन प्रभावित भएको छ। नदीको बहाव अत्यधिक बढेपछि गाउँपालिका–११ मा अवस्थित