• ON AIRआधुनिक गीतहरु
  • UP NEXTपूर्वी रुकुम न्यूज अपडेट

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो छनोटमा रुकुम पूर्वलाई दुई कांस्य पदक

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्व -  लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा रुकुम पूर्वका खेलाडीले दुई कांस्य पदक जितेका छन् । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको राजधानीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले दाङको तुलसीपुरमा मंसिर ४ र ५ गते प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा रुकुम पूर्वबाट सहभागी ४९ केजी तौल समूहमा अमिशा शाही र ५७ केजी तौल समूहमा प्रतिष्ठा खड्काले प्रतिस्पर्धा गर्दै कांस्य पदक जित्नुभएको हो ।


भौगोलिक विकटता र सीमित स्रोतसाधनका बाबजुद प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाका खेलाडीले पदक हासिल गर्नु रुकुम पूर्वको खेलकुद क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि बनेको छ । दुई खेलाडीले कांस्य पदक जितेसँगै जिल्लाको तेक्वान्दो खेलको सम्भावना र खेलाडीको क्षमता प्रदेशस्तरमा प्रस्तुत भएको छ । खेलाडीहरूको यस सफलताले जिल्लामा तेक्वान्दो खेलको विकास र आगामी प्रतियोगितामा थप उपलब्धि हासिल गर्ने अपेक्षा बढाएको प्रशिक्षक सुनिल रोकाले जानकारी दिनुभयो ।।

प्रतिकृया दिनुहोस
SITENAME

सिस्ने गाउँपालिका ६ उपल्लो द्वारेमा सानामारे मेला खेलकुद प्रतियोगिता सँगै लाग्ने

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचार उपल्लो द्वारेमा लोप हुँदै गएको परम्परागत सानामारे मेला पुनः सञ्चालन गर्ने उद्देश्यले प्रथम सिद्ध शाई

SITENAME

रुकुम पूर्वमा गत कात्तिक महिनामा लागुऔषधका दुई मुद्दा दर्ता, १ सय ५० लिटर मदिरा बरामद

२०८३- मंसिर  २  - रुकुम पूर्व। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व तथा मातहतका प्रहरी इकाइले गत कात्तिक महिनामा लागुऔषधसम्बन्धी दुई मुद्दा दर्ता

SITENAME

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न