सानामारे मेलाको तयारी पूरा

रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा भोलि मङ्सिर १० गतेदेखि सञ्चालन हुने सानामारे मेला तथा प्रथम सिद्ध शाई कुमारी युवा कप–२०८३ को तयारी पूरा भएको छ । लोप हुँदै गएको परम्परागत सानामारे मेलालाई पुनः सञ्चालन गर्ने उद्देश्यले सिद्ध शाई कुमारी युवा क्लबले मङ्सिरे पूर्णिमाको अवसर पारेर मेला तथा विविध खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । मेलाको उद्घाटन बिहिवार विहान १० बजे उद्घाटन हुने युवा क्लबले जनाएको छ ।
‘संस्कृति र परम्परा हाम्रो पहिचान, खेलकुद संरक्षण र प्रवर्द्धन’ भन्ने नारासहित आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। मङ्सिर १० गतेदेखि सिद्ध शाई कुमारी मन्दिरको प्राङ्गणमा सञ्चालन हुने मेलामा पुरुष तथा महिला भलिबल, एकल महिला तथा पुरुष नृत्य, टोलस्तरीय सामूहिक लोकदोहोरी प्रतियोगितालगायत कार्यक्रम हुनेछन् । त्यसैगरी, घैँटोफोर प्रतियोगितामा प्रथम पुरस्कार एक हजार रुपैयाँ राखिएको छ भने दर्ता शुल्क एक सय रुपैयाँ तोकिएको छ। पैसेरु नाच र मयूर नाचको पुरस्कार आयोजकले निर्णय गरेअनुसार प्रदान गरिने जनाइएको छ
।
भलिबल प्रतियोगिता खुला वडास्तरीय हुने र खेल पोल सिस्टममा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रत्येक टिममा छ जना मुख्य र बढीमा तीन जना वैकल्पिक खेलाडी राख्न पाइनेछ। खेलाडी अनिवार्य खेल पोसाकमा उपस्थित हुनुपर्ने, परिचय खुल्ने आधिकारिक प्रमाण पेस गर्नुपर्ने तथा खान र बस्नको व्यवस्था आफैँ गर्नुपर्ने नियम राखिएको छ ।परम्परागत मङ्सिरे पूर्णिमामा लाग्दै आएको सानामारे मेलालाई पुनः जीवन्त बनाउँदै स्थानीय कला, संस्कृति, परम्परा तथा खेलकुदको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको क्लबले जनाएको छ । मेलामा खेलप्रेमी, जनप्रतिनिधि, बुद्धिजीवी, साहित्य तथा सङ्गीतप्रेमी, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी, खोपिचारवासीसहित सम्पूर्ण सरोकारवालालाई उपस्थितिका लागि आयोजकले आमन्त्रण गरेको छ ।।

खेलकुदमा लम्किँदै रुकुम पूर्व : प्रदेश स्तरीय आईटीएफ तेक्वान्दोमा जित्यो ४ पदक
रेडियो पूर्वी रुकुम भौगोलिक विकटता र सीमित खेल पूर्वाधारका बाबजुद रुकुम पूर्वका खेलाडीहरूले प्रादेशिक स्तरमा आफ्नो दरिलो उपस्थिति जनाएका छन् ।

सानामारे मेला तथा सिद्ध साई कुमारी युवा कपको उद्घाटन
रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा सानामारे मेला तथा प्रथम सिद्ध साई कुमारी युवा कप–२०८३ उद्घाटन

रुकुम पूर्वमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै सरकारलाई ध्यानाकर्षण
रुकुम पूर्व। नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार रुकुम पूर्वमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने








प्रतिकृया दिनुहोस