खेलकुदमा लम्किँदै रुकुम पूर्व : प्रदेश स्तरीय आईटीएफ तेक्वान्दोमा जित्यो ४ पदक

रेडियो पूर्वी रुकुम
भौगोलिक विकटता र सीमित खेल पूर्वाधारका बाबजुद रुकुम पूर्वका खेलाडीहरूले प्रादेशिक स्तरमा आफ्नो दरिलो उपस्थिति जनाएका छन् । लुम्बिनी प्रदेश स्तरीय दसौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिता अन्तर्गत आईटीएफ तेक्वान्दो विधामा रुकुम पूर्वले एक रजत र तीन कास्य गरी कुल ४ पदक हात पार्दै जिल्लाको गौरव बढाएको छ ।
हिमाली जिल्ला रुकुम पूर्वमा पनि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट खेल प्रतिभाहरू छन् भन्ने सन्देश दिँदै जिल्लाका चार होनहार खेलाडीहरूले पदक जित्न सफल भएका हुन् ।
प्रतियोगिताको महिलातर्फ ५०–५५ केजी तौल समूहमा भूमे गाउँपालिका वडा नम्बर ८, पाँछबाङकी भूमिका विश्वकर्माले उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय (रजत पदक) स्थान हासिल गरिन् । यस्तै, महिलातर्फकै ५५–६० केजी तौल समूहमा पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११, डम्चनकी फुलमाया बुढा मगरले तृतीय (कास्य पदक) स्थान प्राप्त गर्न सफल भइन् ।
यसैगरी, पुरुषतर्फको प्रतिस्पर्धामा पनि रुकुम पूर्वका खेलाडीहरूले उत्तिकै दमदार खेल प्रस्तुत गरे । पुरुषतर्फ ६०–६५ केजी तौल समूहमा पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११, डम्चनका शुभम् बि.क. ले तृतीय स्थान हासिल गरे भने भूमे गाउँपालिका वडा नम्बर १, लुकुमका हिक्मत गुरुङले पनि तृतीय स्थानमै चित्त बुझाउँदै जिल्लाका लागि पदक थपे ।
स्रोत र साधनको अभावका बीच पनि गाउँ-गाउँबाट निस्किएका यी खेलाडीहरूको सफलताले सिङ्गो रुकुम पूर्वलाई उत्साहित बनाएको छ । प्रदेश स्तरको यो ऐतिहासिक सफलताले जिल्लामा खेलकुदको विकास र नयाँ पुस्ताका खेलाडीहरूलाई अगाडि बढ्न थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

सानामारे मेला तथा सिद्ध साई कुमारी युवा कपको उद्घाटन
रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा सानामारे मेला तथा प्रथम सिद्ध साई कुमारी युवा कप–२०८३ उद्घाटन

सानामारे मेलाको तयारी पूरा
रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा भोलि मङ्सिर १० गतेदेखि सञ्चालन हुने सानामारे मेला तथा प्रथम सिद्ध शाई

रुकुम पूर्वमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै सरकारलाई ध्यानाकर्षण
रुकुम पूर्व। नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार रुकुम पूर्वमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने








प्रतिकृया दिनुहोस