• ON AIRस्थानीय भाकाहरु
  • UP NEXTथाहा खबर

सानामारे मेला तथा सिद्ध साई कुमारी युवा कपको उद्घाटन

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा सानामारे मेला तथा प्रथम सिद्ध साई कुमारी युवा कप–२०८३ उद्घाटन गरिएको छ । आज सिस्ने गाउँपालिका–६ का वडाध्यक्ष पूर्ण जङ मल्लले मेलाको उद्घाटन गर्नुभएको हो । मेलाको अवसरमा चुन्बाङका दुई समूह, सिस्ने गाउँपालिका–४ का दुई समूह, सिस्ने–५ रुमालबाराको एक समूह र हाम्रो सरोकार रुकुम पश्चिमको एक समूह गरी छ समूहले मयूर नाच प्रस्तुत गरेका थिए। त्यस्तै सिस्ने–६ ढकालबाराको सिङ्गारु नाच र भूमे गाउँपालिका–९ चुन्बाङको पैसेरु नाचसमेत प्रस्तुत गरिएको थियो ।

 

 

जनयुद्धकालदेखि रोकिएको परम्परागत मेला यस वर्ष पुनः सञ्चालन हुँदा एक हजारभन्दा बढीले सहभागिता जनाएका छन् । उद्घाटन कार्यक्रममा सिस्ने गाउँपालिका–६ का पूर्ववडाध्यक्ष सुधन रेग्मीसहित स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।  मेलाअन्तर्गत भोलिदेखि भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

लोप हुँदै गएको स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले सिद्ध साई कुमारी युवा क्लबले मङ्सिरे पूर्णिमाको अवसरमा मेला आयोजना गरेको हो । भोलिबाट भने खेल्कुद प्रतियोगिता सुरु हुने छ भने पुरुष भलिबलमा १६ टिमले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

खेलकुदमा लम्किँदै रुकुम पूर्व : प्रदेश स्तरीय आईटीएफ तेक्वान्दोमा जित्यो ४ पदक

रेडियो पूर्वी रुकुम भौगोलिक विकटता र सीमित खेल पूर्वाधारका बाबजुद रुकुम पूर्वका खेलाडीहरूले प्रादेशिक स्तरमा आफ्नो दरिलो उपस्थिति जनाएका छन् ।

SITENAME

सानामारे मेलाको तयारी पूरा

रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा भोलि मङ्सिर १० गतेदेखि सञ्चालन हुने सानामारे मेला तथा प्रथम सिद्ध शाई

SITENAME

रुकुम पूर्वमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै सरकारलाई ध्यानाकर्षण

रुकुम पूर्व। नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार रुकुम पूर्वमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने