• ON AIRस्थानीय भाकाहरु
  • UP NEXTथाहा खबर

रुकुम पूर्वमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै सरकारलाई ध्यानाकर्षण

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्व। नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार रुकुम पूर्वमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन् । आज जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वअगाडि भेला भएका पत्रकारहरूले उक्त नारासहितको ब्यानर प्रदर्शन गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

 

नेपाल पत्रकार महासङ्घ रुकुम पूर्वका पदाधिकारीहरु लगायत जिल्लामा क्रियाशील अनलाइन सञ्चारमाध्यमका पत्रकार, रेडियो पूर्वी रुकुमका पत्रकार, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी नेपाल, रेडियो पूर्वी रुकुमका अध्यक्ष लालबहादुर बिष्टसहितको टोली विरोध कार्यक्रममा सहभागी भएको महासङ्घले जनाएको छ । विरोधका क्रममा पत्रकार, सञ्चारमाध्यम (मिडिया हाउस) तथा पत्रकारहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनुका कारण र विभिन्न समसामयिक विषयमा गहन छलफल गरिएको थियो ।

 

सो अवसरमा महासङ्घका माग तथा पत्रकारका सरोकारका विषयमा समेत प्रशासनको ध्यानाकर्षण गराइएको छ । पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि आफूहरूको ऐक्यबद्धता निरन्तर रहने नेपाल पत्रकार महासङ्घ रुकुम पूर्वले जनाएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

खेलकुदमा लम्किँदै रुकुम पूर्व : प्रदेश स्तरीय आईटीएफ तेक्वान्दोमा जित्यो ४ पदक

रेडियो पूर्वी रुकुम भौगोलिक विकटता र सीमित खेल पूर्वाधारका बाबजुद रुकुम पूर्वका खेलाडीहरूले प्रादेशिक स्तरमा आफ्नो दरिलो उपस्थिति जनाएका छन् ।

SITENAME

सानामारे मेला तथा सिद्ध साई कुमारी युवा कपको उद्घाटन

रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा सानामारे मेला तथा प्रथम सिद्ध साई कुमारी युवा कप–२०८३ उद्घाटन

SITENAME

सानामारे मेलाको तयारी पूरा

रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा भोलि मङ्सिर १० गतेदेखि सञ्चालन हुने सानामारे मेला तथा प्रथम सिद्ध शाई