रुकुम पूर्वमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउन सुरु गरिएको छ। अभियानको पहिलो दिन आज (मंसिर ९ गते) प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । महिला मानव अधिकार रक्षक सञ्जालको आयोजनामा तथा सिस्ने गाउँपालिका र विभिन्न संघसंस्थाको समन्वयमा सञ्चालन भइरहेको अभियानअन्तर्गत आज बिहान प्रभातफेरी कार्यक्रम गरिएको हो। जिल्ला प्रहरी कार्यालय अगाडिको कमलदहबाट सुरु भएको प्रभातफेरी छिप्रीदह पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, महिला अधिकारकर्मी, बाल सञ्जालका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । जिल्लाको भुमे गाउँपालिकामा पनि लैङ्गिक हिंसाको १६ दिने अभियान अन्तरगत आज प्रभातफेरी कार्यक्रम गरिएको थियो ।।
यसैगरी गाउँपालिकास्तरीय बाल सञ्जाल, बाल क्लब तथा सम्बन्धित संस्थाहरूको समन्वयमा रुमालबाँध चोक, छिप्रीदह र कमलदह चोकमा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी सडक कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता कार्यक्रममार्फत महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना न्यूनीकरण, हिंसाविरुद्ध आवाज उठाउने वातावरण निर्माण र समाजमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । अभियानको अन्तिम दिन मंसिर २४ गते महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। अन्तरक्रिया कार्यक्रम सञ्चालनका लागि सिस्ने गाउँपालिकाबाट ४० हजार रुपैयाँ, मेक नेपालबाट १० हजार रुपैयाँ, तरङ्गिनी फाउन्डेसनबाट २० हजार रुपैयाँ र नेपाल महिला सामुदायिक सेवा केन्द्रबाट पाँच हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँ सहयोग जुटाउने निर्णय भएको छ ।
कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायमा सिस्ने गाउँपालिकाको महिला तथा बालबालिका शाखामार्फत पत्राचार गर्ने निर्णयसमेत गरिएको छ । महिला मानव अधिकार रक्षक सञ्जालको आयोजनामा सञ्चालन हुने अभियान सिस्ने गाउँपालिका, वडा नम्बर ५ र ६ का वडा कार्यालय, नेपाल महिला सामुदायिक सेवा केन्द्र, मेक नेपाल, तरङ्गिनी फाउन्डेसन, गाउँपालिकास्तरीय बाल सञ्जाल तथा विद्यालयहरूको समन्वय र सहकार्यमा सम्पन्न गरिने जनाइएको छ ।।

खेलकुदमा लम्किँदै रुकुम पूर्व : प्रदेश स्तरीय आईटीएफ तेक्वान्दोमा जित्यो ४ पदक
रेडियो पूर्वी रुकुम भौगोलिक विकटता र सीमित खेल पूर्वाधारका बाबजुद रुकुम पूर्वका खेलाडीहरूले प्रादेशिक स्तरमा आफ्नो दरिलो उपस्थिति जनाएका छन् ।

सानामारे मेला तथा सिद्ध साई कुमारी युवा कपको उद्घाटन
रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा सानामारे मेला तथा प्रथम सिद्ध साई कुमारी युवा कप–२०८३ उद्घाटन

सानामारे मेलाको तयारी पूरा
रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा भोलि मङ्सिर १० गतेदेखि सञ्चालन हुने सानामारे मेला तथा प्रथम सिद्ध शाई








प्रतिकृया दिनुहोस