रुकुम पूर्वमा गत कात्तिक महिनामा लागुऔषधका दुई मुद्दा दर्ता, १ सय ५० लिटर मदिरा बरामद

२०८३- मंसिर २ - रुकुम पूर्व। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व तथा मातहतका प्रहरी इकाइले गत कात्तिक महिनामा लागुऔषधसम्बन्धी दुई मुद्दा दर्ता गरेका छन् । उक्त अवधिमा प्रहरीले विभिन्न प्रकारका लागुऔषध, तीन वटा हातहतियार तथा अवैध मदिरासमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक हेमबहादुर विकद्वारा जारी प्रेस विज्ञप्तिअनुसार लागुऔषधसम्बन्धी दुई मुद्दामा ब्राउन सुगर एक ग्राम ४५० मिलिग्राम, गाँजा ८७ ग्राम ९६० मिलिग्राम र चरेसको धुलो सात ग्राम ६० मिलिग्राम बरामद गरिएको छ । प्रहरीले चालु मुद्दाका चार जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
कात्तिक महिनामा १८० जना कारबाहीमा परेका छन । सो अवधिमा १५० लिटर अवैध मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने ५४० लिटर कच्चा पदार्थ बरामद गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ छ वटा उजुरी प्राप्त भएका छन् भने घरेलु हिंसाअन्तर्गत गालीगलौज तथा झैँझगडाका दुई वटा उजुरी परेको प्रहरीले जनाएको छ । कार्यालयमा प्रत्यक्ष रूपमा प्राप्त भएका २२ वटा उजुरीमध्ये सबै फर्छ्यौट गरिएको छ । प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित ५८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । प्रहरी कर्मचारीको मनोबल वृद्धि तथा कार्यक्षमता अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्नुका साथै सरकारका निर्णय प्रभावकारी कार्यान्वयनमा समर्पित भएर काम गर्ने वातावरण बनाइएको, हाईकिङ कार्यक्रम आयोजना गरिएको र सरुवा भएर जाने कर्मचारीलाई फेरी भेटौँला तथा नयाँ हाजिर हुने कर्मचारीलाई स्वागत कार्यक्रम गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउन जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा गुनासो तथा निवेदनका ढाँचाहरू प्राप्त गर्न क्यूआर कोड स्क्यानरको व्यवस्था गरेको छ । बडी वर्न क्यामेरासहितको आरपी ड्युटी व्यवस्था गरिएको तथा नेपाल प्रहरी मोबाइल एपबाट प्राप्त अनलाइन उजुरी र गुनासो निगरानी गर्न स्मार्ट ड्यासबोर्ड सञ्चालनमा ल्याइएको छ । त्यस्तै, नागरिक सहजकर्तामार्फत सेवाग्राहीलाई सम्बन्धित शाखामा पुर्याउने व्यवस्था गरिएको र जिल्लामा देखिने विभिन्न समस्याको पहिचान तथा न्यूनीकरणका लागि सचेतनामूलक भिडियो निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।।

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो छनोटमा रुकुम पूर्वलाई दुई कांस्य पदक
रुकुम पूर्व - लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा रुकुम पूर्वका खेलाडीले दुई कांस्य पदक जितेका छन् । आगामी मंसिर १६ देखि २७

सिस्ने गाउँपालिका ६ उपल्लो द्वारेमा सानामारे मेला खेलकुद प्रतियोगिता सँगै लाग्ने
रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचार उपल्लो द्वारेमा लोप हुँदै गएको परम्परागत सानामारे मेला पुनः सञ्चालन गर्ने उद्देश्यले प्रथम सिद्ध शाई

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न








प्रतिकृया दिनुहोस