सिस्ने गाउँपालिका ६ उपल्लो द्वारेमा सानामारे मेला खेलकुद प्रतियोगिता सँगै लाग्ने

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचार उपल्लो द्वारेमा लोप हुँदै गएको परम्परागत सानामारे मेला पुनः सञ्चालन गर्ने उद्देश्यले प्रथम सिद्ध शाई कुमारी युवा कप–२०८३ आयोजना हुने भएको छ । ‘संस्कृति र परम्परा हाम्रो पहिचान, खेलकुद संरक्षण र प्रवर्द्धन’ भन्ने नारासहित सिद्ध शाई कुमारी युवा क्लबले मङ्सिरे पूर्णिमाको अवसरमा मेला तथा विविध खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । क्लबका अनुसार आगामी मङ्सिर १० गतेदेखि सिद्ध शाई कुमारी मन्दिर प्राङ्गणमा प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । मेलाको अवसरमा पुरुष तथा महिला भलिबल, एकल महिला तथा पुरुष नृत्य, टोलस्तरीय सामूहिक लोकदोहोरी प्रतियोगिता, घैँटोफोर, पैसेरु नाच र मयूर नाचलगायत कार्यक्रम समावेश गरिएको छ ।
त्यस्तै, टोलस्तरीय सामूहिक लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेले दुई हजार पाँच सय, दोस्रो हुनेले एक हजार पाँच सय र तेस्रो हुनेले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन पाँच सय रुपैयाँ दर्ता शुल्क लाग्ने क्लबका सचिव शर्मिला बुढामगरले जानकारी दिनुभयो । घैँटोफोर प्रतियोगितामा प्रथम पुरस्कार एक हजार रुपैयाँ राखिएको छ भने दर्ता शुल्क एक सय रुपैयाँ तोकिएको छ । पैसेरु नाच र मयूर नाचको पुरस्कार आयोजकले निर्णय गरेअनुसार प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिता खुला वडा स्तरीय हुने र खेल पोल सिस्टममा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रत्येक टिममा छ जना मुख्य र बढीमा तीन जना वैकल्पिक खेलाडी राख्न पाइनेछ । खेलाडी अनिवार्य खेल पोसाकमा उपस्थित हुनुपर्ने, आफ्नो परिचय खुल्ने आधिकारिक प्रमाण पेश गर्नुपर्ने तथा खान र बस्नको व्यवस्था आफैँ गर्नुपर्ने नियम राखिएको छ ।
टिम दर्ता मङ्सिर ८ गते साँझसम्म गरिसक्नुपर्नेछ । प्रतियोगितामा कुनै विवाद उत्पन्न भए रेफ्री र आयोजकको निर्णय अन्तिम हुने तथा फर्जी खेलाडी भेटिए आयोजकको निर्णयअनुसार खेलबाट निष्कासन गरिने नियम रहेको छ ।
परम्परागत मङ्सिरे पूर्णिमामा लाग्दै आएको सानामारे मेलालाई पुनः जीवन्त बनाउने र स्थानीय कला, संस्कृति तथा खेलकुदको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा खेलप्रेमी, जनप्रतिनिधि, बुद्धिजीवी, साहित्य तथा संगीतप्रेमी, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी र खोपिचारवासीसहित सम्पूर्ण सरोकारवालालाई आयोजकले उपस्थितिका लागि निमन्त्रणा गरेको छ ।

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो छनोटमा रुकुम पूर्वलाई दुई कांस्य पदक
रुकुम पूर्व - लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा रुकुम पूर्वका खेलाडीले दुई कांस्य पदक जितेका छन् । आगामी मंसिर १६ देखि २७

रुकुम पूर्वमा गत कात्तिक महिनामा लागुऔषधका दुई मुद्दा दर्ता, १ सय ५० लिटर मदिरा बरामद
२०८३- मंसिर २ - रुकुम पूर्व। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व तथा मातहतका प्रहरी इकाइले गत कात्तिक महिनामा लागुऔषधसम्बन्धी दुई मुद्दा दर्ता

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न








प्रतिकृया दिनुहोस