रुकुम पूर्वमा ‘नेतृत्वमा समुदाय’ कार्यक्रमको समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल

नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज संस्थाको आयोजनामा रुकुम पूर्वमा ‘नेतृत्वमा समुदाय’ कार्यक्रमको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी छलफल गरिएको छ । कार्यक्रममा विगतमा सञ्चालन गरिएका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमको खाका निर्माण, मुख्य चुनौती र सरोकारवाला निकायबीचको सहकार्यका विषयमा छलफल गरिएको हो । कार्यक्रमको प्रस्तुतिमा ‘नेतृत्वमा समुदाय’ कार्यक्रम रुकुम पूर्व, रोल्पा र दाङ गरी तीन जिल्लामा सञ्चालन भइरहेको जानकारी गराइएको थियो। जनवरी २०२५ देखि डिसेम्बर २०२६ सम्म दुई वर्षका लागि सञ्चालन भइरहेको यस कार्यक्रमको मुख्य उद्देश्य यातना, हिंसा तथा द्वन्द्वबाट प्रभावित महिलाहरूको जीवन सहज बनाउनु, उनीहरूलाई मनोसामाजिक स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्नु तथा जीविकोपार्जनमा सहयोग गर्दै समुदायमा महिलाको नेतृत्व विकासमा योगदान पुर्याउनु रहेको छ ।
कार्यक्रमका क्रममा प्रभावित तथा हिंसापीडित महिलाहरूको गोपनीयता र संवेदनशीलता कायम गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको थियो। साथै, आगामी दिनमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकार, जनप्रतिनिधि, सरकारी निकाय, पत्रकार तथा विभिन्न संघसंस्थाबीच आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहन केसी, सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतम , सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, तीनवटै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन रुकुम पूर्वकी कार्यक्रम संयोजक दीपा धितालले गर्नुभएको थियो भने नागरिक आवाजका कार्यक्रम प्रमुख हरिबहादुर धामीले कार्यक्रमको उद्देश्य, पृष्ठभूमि तथा गतिविधिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीहरूबीच विगतका उपलब्धि, कार्यान्वयनका चुनौती र आगामी दिनमा गरिने सहकार्यका विषयमा बृहत् छलफल गरिएको थियो।

खेलकुदमा लम्किँदै रुकुम पूर्व : प्रदेश स्तरीय आईटीएफ तेक्वान्दोमा जित्यो ४ पदक
रेडियो पूर्वी रुकुम भौगोलिक विकटता र सीमित खेल पूर्वाधारका बाबजुद रुकुम पूर्वका खेलाडीहरूले प्रादेशिक स्तरमा आफ्नो दरिलो उपस्थिति जनाएका छन् ।

सानामारे मेला तथा सिद्ध साई कुमारी युवा कपको उद्घाटन
रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा सानामारे मेला तथा प्रथम सिद्ध साई कुमारी युवा कप–२०८३ उद्घाटन

सानामारे मेलाको तयारी पूरा
रुकुम पूर्व। रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारस्थित उपल्लो द्वारेमा भोलि मङ्सिर १० गतेदेखि सञ्चालन हुने सानामारे मेला तथा प्रथम सिद्ध शाई








प्रतिकृया दिनुहोस