कांग्रेसले अब नयाँ र पूराना दललाई पुलको रुपमा जोड्ने काम गर्छ : सभापति थापा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनुभएको छ । पार्टीकाे १५औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई साथै लिएर कांग्रेस अघि बढ्ने बताउनुभयो । बीपी र गणेशमानले स्थापना गरेको राजनीतिक मूल्यलाई निरन्तरता दिइरहेको भन्दै सभापति थापाले अहिले कांग्रेसको आत्मा त्यही भएको र पार्टीमा अब काम गर्ने शैली परिवर्तन हुने बताउनुभयो ।
आफूहरूको शैली, भाषा, कर्म, सोच्ने तरिका, संस्कार, संस्कृति बदल्नुपर्ने उहाँकाे भनाइ छ । सभापति थापाले प्रधानमन्त्रीको कुर्सीका लागि हुने राजनीतिक दौड र त्यसले नागरिकमा बढाएको राजनीतिक वितृष्णाप्रति प्रश्न उठाउनुभयो । राजनीतिप्रति एकातिर चरम वितृष्णा र अर्कोतिर समाजमा बढ्दो अतिराजनीतिकरण एकसाथ देखिएकाका कारण नै गएको वर्षको भदौ २३ र २४ को विस्फोट भएको उहाँले बताउनुभयाे । यद्यपि २३ गतेको दमन र २४ गतेको आपराधिक घटना दुवै गलत भएको उहाँकाे भनाइ छ । थापाले संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थिति हुनुपर्ने भन्दै अहिले संसद् खुला नभएको टिप्पणी गर्नुभयो । संसद् खुला र जवाफदेही हुनुपर्ने थापाको भनाइ छ ।

नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित
नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । अघि बिहान

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो
रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद
रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय









प्रतिकृया दिनुहोस