• ON AIR
  • UP NEXTलोक गीतहरु

रुकुम पूर्वमा अवैध तीन थान भरुवा बन्दुक बरामद

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुमकोट । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० स्थित नसिलेक जङ्गलबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार आइतबार बिहान करिब ८ः५० बजे इलाका प्रहरी कार्यालय तकसेराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेकराज भण्डारीको कमाण्डमा खटिएको ६ जनाको गस्ती टोलीले जङ्गलमा गस्ती गर्ने क्रममा ढुङ्गाको ओढारमा लुकाइछिपाइ राखिएको अवस्थामा बन्दुक फेला पारेको हो ।

 

प्रहरीले एउटा साबुत भरुवा बन्दुक र नाल मात्र भएका दुई थान गरी तीन थान बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक लाल बहादुर विकले जानकारी दिनुभएको  छ । बरामद गरिएका हतियारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा ल्याइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।   अघि बिहान

SITENAME

कांग्रेसले अब नयाँ र पूराना दललाई पुलको रुपमा जोड्ने काम गर्छ : सभापति थापा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगन थापाले अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनुभएको छ । पार्टीकाे

SITENAME

रुकुमपूर्वमा ग्यास अभावप्रति अखिल क्रान्तिकारीले प्रशासनमा ध्यानाकर्षण गरायो

रुकुमपूर्वमा खाना पकाउने ग्यासको नियमित आपूर्ति हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) रुकुमपूर्वले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।