जल, जडीबुटी र पर्यटनमा धनी रुकुमपूर्व
रुकुम पूर्व
प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्ला रुकुम (पूर्व) पर्यटन र जलविद्युतको प्रचुर सम्भावना बोकेको जिल्ला हो । लगभग एक हजार ६ सय ३६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको रुकुम (पूर्व) मा २०६८ सालको जनगणना अनुसार ५३ हजार १८ जनसंख्या छ । जसमा महिलाको संख्या २९ हजार ४ सय ८७ रहेको छ । त्यसैगरी पुरुषको संख्या २४ हजार ८ सय ४५ रहेको छ, भने जनसंख्या वृद्धिदर २.०६ प्रतिशत रहेको छ ।
यहाँका लगभग ६२.०९ प्रतिशत नागरिक साक्षर छन् । प्राकृतिक सुन्दरताको हिसाबले पनि रुकुम (पूर्व) निकै राम्रो छ । हिमाल, पहाड र तराइको विशेषता बोकेको यस जिल्ला पर्यटन र जलस्रोतमा धनी छ । रुकुम (पूर्व) मा २७ वटा साना तथा जलविद्युत आयोजना छन् । जसबाट जिल्लाभरमा एक हजार २ सय १० किलोवाट विद्युत उत्पादन भइरहेको छ । त्यसैगरी जिल्लाकै सबैभन्दा बढी क्षमता ५ किलोवाट क्षमताको जलविद्युत आयोजनाको काम भइरहेको छ ।
यहाँ पाँच हजार मिटर भन्दा अग्ला चारवटा हिमाल छन्, भने ठुलासाना गरी एक सय भन्दा बढी हिमतालहरु छन् । पुथा, दोगारी, सामजाङ्ग र सिस्ने हिमाल यहाँका मुख्य आकर्षकका हिमालहरु हुन् । यी हिमालहरु ५ हजार ८ सय मिटर देखि लिएर ७ हजार २ सय ४६ मिटरसम्म अग्ला रहेका छन् । त्यसैगरी कमल ताल, सम्पे ताल, पुपाल दह, सुन दह, गुप्ता दह, देउराली गुफा, झुम्कामारे सहिदपार्क प्रमुख प्रर्यटकिय स्थलहरु हुन् । तकसेरा, लुकुम, राङ्सी, कोल, हुकाम, मैकोट, काडाँ, महत, सिमा गाउँका मगर बस्तिहरु र रुकुमकोटको बस्ति सुन्दर र हेर्न लायक बस्तिहरु हुन् । त्यसैगरी ढोरपाटन वन्यजन्तु आरक्ष पनी जिल्लाको पर्यटनको प्रमुख गन्तव्य मानिन्छ । वागलुङ, रुुकम (पूर्व) र म्याग्दी जिल्लामा पर्ने ढोरपाटन वन्यजन्तु आरक्षको कुल क्षेत्रफलको लगभग ६० प्रतिशत भन्दा बढी भुभाग रुुकम (पूर्व) मा पर्ने गर्दछ ।
सानीभेरी, लुकुम गाड, उत्तरगङ्गा, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदी यहाँका प्रमुख नदी तथा खोलाहरु हुन । भने वराह मन्दिर, शिवजी मन्दिर, विन्ध्यावासीनी मन्दिर, मस्तथान, बोक्से जार आदी धार्मिक स्थलहरु हुन् ।
प्रकृतिको अनुपम उपहार बोकेको यस जिल्लामा बहुमुल्य जडीबुटी यार्सागुम्बा पाइन्छ । त्यसैगरी अन्य जडीबुटीहरु पाँचऔले , कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बाझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराइतो, जटामसि, भलायो लगाएत विभिन्न प्रकारका जडीबुटीहरु पाइन्छन् । नेपाली कागज बनाउने सेतभर्रा नामको बिरुवा पनी यहाँ पाइन्छ ।
जिल्लाको पूर्वमा बागलुङ र म्याग्दी, पश्चिमा रुकुम (पश्चिम), उत्तरमा डोल्पा र दक्षिणमा रोल्पा जिल्ला पर्ने गर्दछन् । प्रतिनिधी सभाको एक र प्रदेश सभाको २ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ३ वटा मात्र गाउँपालिका रहेका छन् । ति हुन सिस्ने, भुमे र पुथा उत्तरगङ्गा गाउँपालिका । हालसम्म जिल्लामा एउटा पनी नगरपालिका छैनन् ।
कतिपयले रुकुम (पूर्व) लाइ प्रदेश नम्बर ५ को कर्णाली पनी भन्ने गरेका छन् । विस्तारै गाउँ सानासाना शहर र बगर बजारमा परीणत हुँदै गइरहेका छन् । एकपछि अर्को हुँदै टोल तथा बस्तिहरु सडक सञ्जालमा जोडिदै गइरहेका छन् । सडक कालोपत्रे गरिदै छ । मध्यपहाडी लोकमार्गले छोएपछि रुकुम (पूर्व) लाइ ठुलो राहत मिलेको छ । जसले गर्दा लोकमार्ग भएर पूर्वपश्चिम आउजाउ गर्ने मान्छेहरुको कारण जिल्लामा चहलपहल बढेको छ । तर स्वास्थ्य र इन्टरनेटको राम्रो पहुँच जिल्लामा छैन् । साह्रोगाह्रो बिरामी परे हेलिकोप्टरकै भर पर्नुपर्दछ, भने सोलारको ब्याट्रीबाट सञ्चालीत टावरहरु सुर्यास्तसँगै अस्ताउने गरेका छन् । ति समस्याहरु समाधानको लागी पनी विभिन्न क्षेत्रबाट पहल भइरहेको छ ।
संघियताले जन्माएको नेपालको सबैभन्दा कान्छो जिल्ला रुकुम (पूर्व) बाउन्न पोखरी त्रिपन्न टाकुरीको नामले परीचित जिल्ला हो । हालै जिल्ला स्थित स्थानीय तहले प्रस्तुत गरेको बजेट तथा निती कार्यक्रममा पनि पर्यटन, स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रमा विशेष जोड दिइएको छ ।

पहिलोपटक जिल्ला अस्पतालले दन्त रोग विशेषज्ञ डाक्टर पायो
२२ साउन, २०८२ । रुकुम पूर्व अस्पतालले आफ्नो इतिहासमा पहिलोपटक दन्त रोग विशेषज्ञ प्राप्त गरेको छ । अस्पतालमा दन्त विशेषज्ञ डा. त्रिपुरारी

रुकुम पूर्वमा दूध राम्रो खपत
रुकुमपूर्वमा दूधबाट मनग्य आम्दानी भइरहेको छ । बजारमा दूध राम्रो खपत भइरहेकोले कृषक र व्यापारीले मनग्य आम्दानी गरिराख्नु भएको हो । सिस्ने

रुकुम पूर्वमा मह बिक्रिबाट किसानले २ करोड २५ लाख २४ हजार रुपैयाँ आम्दानी गरे
रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव ८ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो । जिल्ला








प्रतिकृया दिनुहोस