रुकुम पूर्वमा कार्तिक २८ गते चौथो साहित्यिक महफिल हुँदै, राष्ट्रिय तथा स्थानीय स्रष्टाको जमघट हुने

रुकुम पूर्वमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजनामा आगामी कार्तिक २८ गते सिस्ने गाउँपालिका–६ छिप्रीदहस्थित विन्ध्यवासिनी भगवती मन्दिर परिसरमा महफिल आयोजना गर्न लागिएको हो। बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रियस्तरमा स्थापित साहित्यकार, गजलकार, कवि तथा स्थानीय कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममा गजल, कविता, गीत, सङ्गीत, गायन, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछन्।
गजल सेसनमा चर्चित गजलकारहरू कैलाली जिल्लाबाट दीर्घराज प्रियसी, गजलकार सुखेत जिल्ला बाट धिरेन अनुपम र अछाम जिल्ला बाट गजलकार कृष्ण विरहीको प्रस्तुति रहनेछ भने कविता सेसनमा रुकुम पश्चिम जिल्ला बाट समष्टि बुढा मगर, रुकुम पुर्व जिल्ला बाट भुवनेश्वर उपाध्याय र मोहनबहादुर के।सी। सहभागी हुने बताएको छ । त्यसैगरी तिलक रोका लगायत स्थानीय कलाकारहरूको गायन, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम तय गरिएको छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वकी अध्यक्ष जमुना गौतम पुनले साहित्यिक महफिल एउटा औपचारिक कार्यक्रम मात्र नभई जिल्लाको भाषा, साहित्य, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा अभियान भएको बताउनुभएको छ।
अध्यक्ष गौतम पुनका अनुसार साहित्यप्रतिको अगाध माया, लगाव र समर्पणका कारण विभिन्न चुनौतीका बाबजुद परिषद्ले निरन्तर साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ।
उहाँले भन्नुभयो, “साहित्यको संरक्षण र संवर्द्धन हामीले नगरे कसले गर्ने रु अहिले नगरे कहिले गर्ने रु साहित्यका माध्यमबाट हाम्रो सुन्दर रुकुम पूर्वलाई फेरि एकपटक चिनाउने हाम्रो प्रयास हो। यो कुनै एक संस्था वा केही व्यक्तिको मात्र दायित्व होइन, हामी सबैको साझा जिम्मेवारी हो।”
उहाँले जिल्लामा साहित्यिक कार्यक्रम सञ्चालन गर्न स्रोतसाधन र आर्थिक चुनौती रहे पनि परिषद्का पदाधिकारी, सल्लाहकार तथा साहित्यप्रेमीहरूको सामूहिक प्रयासले कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनुभयो। विगतमा समेत आफ्नै व्यक्तिगत खर्च र सहयोग जुटाएर साहित्यिक गतिविधिलाई अगाडि बढाउनुपरेको उहाँको भनाइ छ।
स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा स्थानीय सरकारको विशेष चासो, साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष गौतम पुनले राज्यका निकायहरू यस अभियानप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “हाम्रो माटोमा लुकेर रहेका स्थानीय प्रतिभालाई उचित स्थान दिनु, नवोदित स्रष्टालाई प्रोत्साहन गर्नु र अग्रज स्रष्टाको अनुभव तथा सिर्जनालाई नयाँ पुस्तासम्म पुर्याउनु महफिलको मुख्य उद्देश्य हो। हामीले आज आफ्ना सिर्जना, प्रतिभा र संस्कृतिलाई सम्मान गर्न सकेनौँ भने भोलिका पुस्ताले हाम्रो मौलिक पहिचान कहाँ खोज्ने
महफिलमार्फत स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई उजागर गर्दै लोपोन्मुख सांस्कृतिक परम्पराको संरक्षणमा समेत योगदान पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
अध्यक्ष गौतम पुनले साहित्यप्रेमी, स्रष्टा, कलाकार, बुद्धिजीवी, जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा सम्पूर्ण जिल्लावासीलाई कार्यक्रममा उपस्थित भई स्रष्टालाई हौसला प्रदान गर्न र साहित्यिक अभियानमा हातेमालो गर्न आग्रह गर्नुभएको छ।
उहाँका अनुसार कार्यक्रमको उद्देश्य एक दिनको कार्यक्रम सम्पन्न गर्नु मात्र नभई रुकुम पूर्वमा साहित्यिक जागरणको बलियो आधार निर्माण गर्नु हो।
“दर्शक बनेर मात्र होइन, अभियानको हिस्सेदार बनेर जोडिन सबैलाई आग्रह गर्दछु,” उहाँले भन्नुभयो।
कार्यक्रमको मिडिया पार्टनर रेडियो पूर्वी रुकुम रहेको छ।
‘भाषा, साहित्य, कला र संस्कृति १ जीवन र जगतको समृद्धि ११’ भन्ने मूल नारासहित आयोजना हुन लागेको चौथो साहित्यिक महफिलले रुकुम पूर्वको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न

महाकवि देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न
रुकुम पूर्वमा तिहार पर्व तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशील लेखक संघ

जनता मावि पोखरामा पुर्व विद्यार्थी समाज गठन
अम्मर खत्री - रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा रहेको जनता माध्यमिक विद्यालयले पूर्वविद्यार्थी समाज गठन गरेको छ । विद्यालयले शनिबार आज








प्रतिकृया दिनुहोस