• ON AIRपूर्वी रुकुम हालखबर
  • UP NEXTपालिका गतिबिधी

रास्वपा रुकुम पूर्वको उपसभापतिमा श्रेष्ठ तथा सचिवमा गणेश वलि

रेडियो पूर्वी रुकुम
SITENAME

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपूर्व जिल्ला समितिको बैठक विभिन्न सांगठनिक तथा प्रशासनिक विषयमा छलफल गर्दै सम्पन्न भएको छ। बैठकले जिल्ला समितिको पदपूर्ति, आर्थिक व्यवस्थापन, प्रदेश तथा संघीय सरकारसँग समन्वय र संगठन सुदृढीकरणलगायतका विषयमा चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले सर्वसम्मत रूपमा जिल्ला समितिको सचिव पदमा गणेश वली र उपसभापति पदमा बसन्तकुमार श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।  त्यसैगरी, जिल्ला पार्टीको आर्थिक कारोबारलाई व्यवस्थित, पारदर्शी र संस्थागत बनाउन सभापति लखन थापा र कोषाध्यक्ष मालबहादुर महराको संयुक्त हस्ताक्षरबाट नेपाल बैंक लिमिटेडमा पार्टीको नाममा बैंक खाता खोल्ने निर्णय गरेको छ ।


बैठकले जिल्लाका विकास निर्माण तथा जनसरोकारका विषयमा प्रदेश पार्टी नेतृत्व र संघीय सरकारका विभिन्न मन्त्रालयसँग आवश्यक समन्वय तथा सहकार्य गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, संगठन सुदृढीकरणअन्तर्गत स्थानीय तहमा पार्टी संगठनलाई थप सक्रिय बनाउन पालिका सभापतिहरूलाई जिम्मेवारीपूर्वक परिचालित गर्ने र आवश्यकताअनुसार बैठक तथा छलफललाई निरन्तरता दिने निर्णय गरिएको छ । बैठकले पार्टी संगठनलाई व्यवस्थित, जिम्मेवार र जनतासँग जोडिएको बनाउन सामूहिक नेतृत्व, आपसी समन्वय र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

पद भन्दा पनि जिम्मेवारी पूरा गरेर नेतृत्व स्थापित गर्नुपर्छ : रास्वपा रुकुम पूर्व सभापति थापा

रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वका सभापति लखनकुमार थापाले पार्टीमा पदभन्दा काम, जिम्मेवारी र परिणामलाई प्राथमिकता

SITENAME

पद भन्दा पनि जिम्मेवारी पूरा गरेर नेतृत्व स्थापित गर्नुपर्छ : रास्वपा रुकुम पूर्व सभापति थापा

रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वका सभापति लखनकुमार थापाले पार्टीमा पदभन्दा काम, जिम्मेवारी र परिणामलाई प्राथमिकता

SITENAME

सिंहदरबारको अधिकार गाउँमा , तर आशा अझै 'प्रचण्ड बाजेको' खल्तीमा !

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै ‘सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेको’ दाबी गरिए पनि नागरिकको अपेक्षा र मनोविज्ञान अझै