• ON AIRपूर्वी रुकुम हालखबर
  • UP NEXTपालिका गतिबिधी

सिंहदरबारको अधिकार गाउँमा , तर आशा अझै 'प्रचण्ड बाजेको' खल्तीमा !

रेडियो पूर्वी रुकुम
SITENAME

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै ‘सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेको’ दाबी गरिए पनि नागरिकको अपेक्षा र मनोविज्ञान अझै व्यक्ति केन्द्रित नै देखिएको छ । रुकुम पूर्वको भूमे गाउँपालिकास्थित चुन्वाङमा भत्किएको एक काठेपुल निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा सिर्जना भएको ‘भाइरल कोलाहल’ र त्यसपछि निवर्तमान प्रतिनिधिसभा सदस्य पूर्ण घर्तीले सार्वजनिक गरेको धारणाले संघीयता, विधिको शासन र नागरिक अपेक्षाबीचको गहिरो विरोधाभासलाई सतहमा ल्याइदिएको छ । स्थानीय सदीक्षा ओलीले भत्किएको काठेपुलको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाउँदै तत्कालीन प्रतिनिधिसभा सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गरी आलोचना गरेकी थिइन् । पछि उनले आफ्नै पहलमा उक्त पुल निर्माण गरेपछि यो विषयले देशव्यापी चर्चा पायो । यसै सन्दर्भमा निवर्तमान सांसद घर्तीले ‘सिंहदरबारको अधिकार गाउँमा, तर आशा अझै ‘प्रचण्ड बाजे’को खल्तीमा’ शीर्षकमा लामो टिप्पणी लेख्दै विकास निर्माणमा मौलाएको ‘भाइरल संस्कृति’ र संस्थागत प्रक्रियामाथि गम्भीर बहस छेडेका छन् ।

 

​सांसदको भूमिका र ‘खल्तीको बजेट’को भ्रम : 

​घर्तीले सांसदको वास्तविक गरिमा र कर्तव्य नीति निर्माण, कानुन तर्जुमा र कार्यकारी सरकारमाथि निगरानी राख्नु रहेको स्पष्ट पारेका छन् । विधिको शासनमा कुनै पनि सांसदले आफ्नो खल्तीबाट वा राज्यको ढुकुटीबाट आफूखुसी बजेट झिकेर बाँड्ने अधिकार नराख्ने उल्लेख गर्दै उनले विवादास्पद ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ (सांसद विकास कोष) २०७९ को निर्वाचनपश्चात् अदालतबाटै खारेज भइसकेको स्मरण गराएका छन् । तर, आम नागरिकको मानसपटलमा अझै पनि “सांसदले चाहेमा जहाँ पनि बजेट पार्न र पैसा दिन सक्छन्” भन्ने भ्रम गहिरो रूपमा जकडिएको उनको ठम्याइ छ ।

 

​पञ्चायती शैली र ‘भाइरल स्टन्ट’को तुलना : 

​चुन्वाङको पुल भत्किएपछि नजिकको वडा र पालिका सरकारको कानुनी प्रक्रिया तथा बजेट चक्रको प्रतीक्षा गर्नुको साटो सामाजिक सञ्जालमा भिडियो भाइरल बनाउने र सांसदको ढोका ढकढकाउने प्रवृत्तिप्रति घर्तीले चिन्ता व्यक्त गरेका छन् । सदीक्षा ओलीको पहलले आवागमनमा सहजता ल्याएकोमा धन्यवाद दिँदै उनले पुल निर्माण प्रक्रियाको कानुनी प्रावधानको राज्य र स्थानीय सरकारले समीक्षा गर्ने बताएका छन् । ​यद्यपि, उनले आजको ‘भाइरल स्टन्ट’लाई पञ्चायतकालीन सामन्ती परोपकारको शैलीसँग तुलना गरेका छन् । “पञ्चायतकालमा पनि गाउँका ठूला बडाहरू खल्तीको पैसा खर्च गरेर बाटो खनाउँथे, पुल बनाउँथे र त्यसको जस मुखिया र प्रधानपञ्चले लिन्थे,” घर्तीले लेखेका छन्, “आजको ‘भाइरल स्टन्ट’ र विगतको त्यो सामन्ती शैलीमा धेरै भिन्नता छैन ।”

 

​ऐतिहासिक परिवर्तन बिर्सन नहुने आग्रह :

​भूमे गाउँपालिकाको बजेट विनियोजनका बेला उक्त पुल सामान्य रहेकाले बजेट नपरेको र पछि भत्किँदा वडा तथा पालिका अध्यक्षले निर्माणको प्रतिबद्धता जनाइसकेको अवस्थामा व्यक्तिगत स्टन्ट हाबी भएको घर्तीको विश्लेषण छ । सामाजिक सञ्जालमा कमजोरी मात्र खोतल्ने प्रवृत्तिको आलोचना गर्दै उनले विगतको संघर्ष र विकासको ऐतिहासिक यथार्थ नबिर्सन आग्रह गरेका छन् ।

 

हिजो चुन्वाङमा विद्यालयमा शौचालयसमेत नहुँदा खोला किनार वा झाडीको ओत लाग्नुपर्ने र मोटर देख्न तीन–चार दिन हिँडेर दाङ पुग्नुपर्ने अवस्था फेरिएर आज पक्की स्कुल भवन, अस्पताल र मोटरबाटो पुगेको यथार्थलाई उनले स्मरण गराएका छन् । यी उपलब्धिहरू सामाजिक सञ्जालको वाहवाहीले नभई लोकतान्त्रिक राज्यको निरन्तर प्रयास र जनप्रतिनिधिहरूकै पहलमा सम्भव भएको उनको तर्क छ । अन्त्यमा, जबसम्म जनताले स्थानीय सरकारलाई पूर्ण विश्वास गर्दैनन् र जनप्रतिनिधिहरूले ‘कोष र भाइरल स्टन्ट’को मोह त्यागेर संस्थागत विकासमा ध्यान दिँदैनन्, तबसम्म संघीयताको मर्म कागजी पानामै सीमित रहने घर्तीको निष्कर्ष छ । अबको आवश्यकता भित्तामा चर्चा बटुल्ने नभई विधि, प्रक्रिया र प्रणालीगत विकासलाई आत्मसात गर्नु रहेको सन्देश उनले दिएका छन् ।।

प्रतिकृया दिनुहोस

पद भन्दा पनि जिम्मेवारी पूरा गरेर नेतृत्व स्थापित गर्नुपर्छ : रास्वपा रुकुम पूर्व सभापति थापा

रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वका सभापति लखनकुमार थापाले पार्टीमा पदभन्दा काम, जिम्मेवारी र परिणामलाई प्राथमिकता

SITENAME

पद भन्दा पनि जिम्मेवारी पूरा गरेर नेतृत्व स्थापित गर्नुपर्छ : रास्वपा रुकुम पूर्व सभापति थापा

रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वका सभापति लखनकुमार थापाले पार्टीमा पदभन्दा काम, जिम्मेवारी र परिणामलाई प्राथमिकता

SITENAME

रास्वपा रुकुमपूर्वमा सचिव फेरिएपछि विवाद, बहालवाला सचिव खड्काद्वारा आपत्ति

रुकुम पूर्व -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपूर्वमा सांगठनिक जिम्मेवारी हेरफेर गर्ने निर्णयलाई लिएर विवाद देखिएको छ । आफू सचिव पदमै