पद भन्दा पनि जिम्मेवारी पूरा गरेर नेतृत्व स्थापित गर्नुपर्छ : रास्वपा रुकुम पूर्व सभापति थापा
रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वका सभापति लखनकुमार थापाले पार्टीमा पदभन्दा काम, जिम्मेवारी र परिणामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले पद मात्रै ओगट्ने तर काम, सक्रियता र परिणाम देखाउन नसक्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै आवश्यकताअनुसार नयाँ नेतृत्वलाई जिम्मेवारी दिनु सकारात्मक कदम भएको उल्लेख गर्नुभएको छ ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा पदलाई अवसर र जिम्मेवारीलाई सेवाका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभएको छ। पार्टी व्यक्तिभन्दा माथि रहेको उल्लेख गर्दै विधि र विधानभन्दा ठूलो कोही नहुने उहाँको भनाइ छ । काम गर्ने, परिणाम दिने र जनताको भरोसा जित्ने नेतृत्वलाई अगाडि बढाउनु नै परिवर्तनको वास्तविक सुरुवात भएको बताउँदै थापाले नवनियुक्त सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
उहाँले पदको सम्मान भाषणबाट नभई काम र परिणामबाट स्थापित गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई पद ओगट्नेभन्दा परिवर्तनको नेतृत्व गर्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभएको छ । हिजो मात्रै पार्टीको जिल्ला कार्यसमितिले उपसभापतिमा प्रकाश श्रेष्ठ र पार्टीको जिल्ला सचीव गणेश वलिलाई चुनिएपछि सामाजिक सञ्जालमा दोहोरो प्रतिक्रिया आएका थिए । त्यसैगरी यता बहालवाला सचीव दिलबहादुर खडकाले भने आधिकारिक सचिब म हो मलाई नै जानकारी नभएर कसरी नेतृत्व परिवर्तन भयो भनेर आपत्ती समेत जनाउनुभएको थियो ।।

पद भन्दा पनि जिम्मेवारी पूरा गरेर नेतृत्व स्थापित गर्नुपर्छ : रास्वपा रुकुम पूर्व सभापति थापा
रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वका सभापति लखनकुमार थापाले पार्टीमा पदभन्दा काम, जिम्मेवारी र परिणामलाई प्राथमिकता

सिंहदरबारको अधिकार गाउँमा , तर आशा अझै 'प्रचण्ड बाजेको' खल्तीमा !
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै ‘सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेको’ दाबी गरिए पनि नागरिकको अपेक्षा र मनोविज्ञान अझै

रास्वपा रुकुमपूर्वमा सचिव फेरिएपछि विवाद, बहालवाला सचिव खड्काद्वारा आपत्ति
रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपूर्वमा सांगठनिक जिम्मेवारी हेरफेर गर्ने निर्णयलाई लिएर विवाद देखिएको छ । आफू सचिव पदमै







प्रतिकृया दिनुहोस