रास्वपा रुकुमपूर्वमा सचिव फेरिएपछि विवाद, बहालवाला सचिव खड्काद्वारा आपत्ति

रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपूर्वमा सांगठनिक जिम्मेवारी हेरफेर गर्ने निर्णयलाई लिएर विवाद देखिएको छ । आफू सचिव पदमै बहाल रहँदा कुनै जानकारी नै नदिई अर्को व्यक्तिलाई सचिवको जिम्मेवारी दिइएको भन्दै बहालवाला सचिव दिलबहादुर खड्काले पार्टीको निर्णयप्रति असहमति जनाउनुभएको छ । रास्वपा रुकुमपूर्वले शनिवार २८ गते विभिन्न सांगठनिक जिम्मेवारी हेरफेर गर्दै उपसभापतिमा वसन्तकुमार श्रेष्ठ र सचिवमा गणेश ओलीलाई जिम्मेवारी प्रदान गरेपछि खड्काले उक्त निर्णयप्रति आपत्ति जनाउनुभएको हो ।
आफूलाई कुनै पूर्वजानकारी नदिई जिल्ला पार्टीले सचिवको जिम्मेवारी हेरफेर गरेको भन्दै खड्काले निर्णय सच्याउन माग गर्नुभएको छ। पार्टीको जिम्मेवार पदमा रहेकै अवस्थामा जानकारीबिनै जिम्मेवारी परिवर्तन गरिनु उचित नभएको उहाँको असहमति छ । पार्टीले नयाँ सचिवको जिम्मेवारी गणेश ओलीलाई दिएसँगै बहालवाला सचिव खड्काले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्नुभएको हो। यस घटनाले रास्वपा रुकुमपूर्वभित्रको सांगठनिक निर्णय प्रक्रिया र जिम्मेवारी हस्तान्तरणको विषयलाई चर्चामा ल्याएको छ ।।
पद भन्दा पनि जिम्मेवारी पूरा गरेर नेतृत्व स्थापित गर्नुपर्छ : रास्वपा रुकुम पूर्व सभापति थापा
रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वका सभापति लखनकुमार थापाले पार्टीमा पदभन्दा काम, जिम्मेवारी र परिणामलाई प्राथमिकता

पद भन्दा पनि जिम्मेवारी पूरा गरेर नेतृत्व स्थापित गर्नुपर्छ : रास्वपा रुकुम पूर्व सभापति थापा
रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वका सभापति लखनकुमार थापाले पार्टीमा पदभन्दा काम, जिम्मेवारी र परिणामलाई प्राथमिकता

सिंहदरबारको अधिकार गाउँमा , तर आशा अझै 'प्रचण्ड बाजेको' खल्तीमा !
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै ‘सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेको’ दाबी गरिए पनि नागरिकको अपेक्षा र मनोविज्ञान अझै








प्रतिकृया दिनुहोस