जनता मावि पोखरामा पुर्व विद्यार्थी समाज गठन

अम्मर खत्री - रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा रहेको जनता माध्यमिक विद्यालयले पूर्वविद्यार्थी समाज गठन गरेको छ । विद्यालयले शनिबार आज पूर्वविद्यार्थी भेला तथा चियापान कार्यक्रम आयोजना गरी ११ सदस्यीय पूर्वविद्यार्थी समाज गठन गरेको हो । विद्यालयका प्रधानाध्यापक कलु खड्काका अनुसार विद्यालयसँग पूर्वविद्यार्थीलाई जोड्ने, आपसी सम्बन्ध विस्तार गर्ने तथा विद्यालयको शैक्षिक र भौतिक विकासमा पूर्वविद्यार्थीको भूमिका बढाउने उद्देश्यले समाज गठन गरिएको विद्यालयले जनाएको छ ।
गठित पूर्वविद्यार्थी समाजमा डाक्टर पूर्णबहादुर पूर्ण, नारायण केसी, महेश केसी, प्रेमबहादुर खत्री, कबिराम खड्का, गीता केसी खड्का, कृष्णकुमारी पौडेल, पृथ्वीबहादुर पौडेल र विनोद विक सदस्य रहेका छन् । समाजको संयोजकको जिम्मेवारी भने आगामी बैठकबाट टुङ्गो लगाइने बताइएको छ । संयोजक चयन भएपछि समाजले आफ्नो कामलाई थप व्यवस्थित रूपमा अगाडि बढाउने जनाइएको छ । वि.सं. २०१७ सालमा स्थापना भएको जनता माध्यमिक विद्यालयले लामो समयदेखि यस क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्याउँदै आएको छ । पूर्वविद्यार्थी समाज गठनसँगै विद्यालयको विकास, शैक्षिक गुणस्तर सुधार तथा विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीलाल गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतमको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पूर्वविद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक तथा पूर्वविद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कलु खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सहायक प्रधानाध्यापक भीमबहादुर खड्काले गर्नुभएको थियो ।।

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न

रुकुम पूर्वमा कार्तिक २८ गते चौथो साहित्यिक महफिल हुँदै, राष्ट्रिय तथा स्थानीय स्रष्टाको जमघट हुने
रुकुम पूर्वमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। राप्ती

महाकवि देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न
रुकुम पूर्वमा तिहार पर्व तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशील लेखक संघ








प्रतिकृया दिनुहोस