महाकवि देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न

रुकुम पूर्वमा तिहार पर्व तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
प्रगतिशील लेखक संघ रुकुम ९पूर्वीभाग० को आयोजनामा कार्तिक २३ गते आइतबार सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय, छिप्रीदह रुकुमकोटमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता साहित्यकार भुवनेश्वर उपाध्यायले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी रहनुभएको थियो। त्यसैगरी विशेष अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी कोपिला राई र सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको उपस्थिति रहेको थियो।
कार्यक्रममा साहित्यिक विमर्शसँगै विभिन्न साहित्यकार तथा सर्जकहरूले आफ्ना कविता, गजल तथा अन्य सिर्जना वाचन गरेका थिए।

कार्यक्रमको सञ्चालन डिकेन्द्र शाहले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपेन्द्रलाल कामीले राख्नुभएको थियो। कार्यक्रममा साहित्यकार, सर्जक, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा साहित्यप्रेमीसहित ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै साहित्य, कला र सिर्जनाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न

रुकुम पूर्वमा कार्तिक २८ गते चौथो साहित्यिक महफिल हुँदै, राष्ट्रिय तथा स्थानीय स्रष्टाको जमघट हुने
रुकुम पूर्वमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। राप्ती

जनता मावि पोखरामा पुर्व विद्यार्थी समाज गठन
अम्मर खत्री - रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा रहेको जनता माध्यमिक विद्यालयले पूर्वविद्यार्थी समाज गठन गरेको छ । विद्यालयले शनिबार आज








प्रतिकृया दिनुहोस