रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न भएको छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजनामा शनिबार सिस्ने गाउँपालिका–६ छिप्रीदहस्थित विन्ध्यवासिनी भगवती मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा राष्ट्रिय तथा स्थानीय साहित्यकार, कलाकार, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वकी अध्यक्ष जमुना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर के.सी. प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोपिला राई, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक नवीन बुढाथोकी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका उपाअध्यक्ष सविना बुढा, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले तथा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक गौतमलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा भूमे गाउँपालिका उपाअध्यक्ष सविना बुढाले साहित्य क्षेत्रलाई मजबुत बनाउन भूमे गाउँपालिकाले समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले साहित्य, कला र संस्कृतिलाई अगाडि बढाउन आफ्नो व्यक्तिगत तथा सरकारको तर्फबाट आवश्यक पहल र सहयोग रहने बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी कोपिला राईले हिमाली जिल्लामा समेत साहित्यप्रतिको यस्तो उत्साह र माहोल देख्दा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो। साहित्यको विकास र प्रवद्र्धनका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना हुन आवश्यक रहेको उहाँको भनाइ थियो।
महफिलका मुख्य आकर्षणका रूपमा गजलकार दीर्घराज प्रियसी, घिरेन अनुपम र कृष्ण विरही तथा तिलक रोकाको विशेष प्रस्तुति रहेको थियो। त्यसैगरी कवि भुवनेश्वर उपाध्याय, कवि मोहनबहादुर के.सी. र कवयित्री समिष्टी बुढा मगरले कविता वाचन गर्नुभएको थियो। उहाँहरूको गजल तथा कविता वाचनले कार्यक्रमलाई थप साहित्यिक रौनक प्रदान गरेको थियो।
कार्यक्रममा स्थानीय कलाकारहरूले गायन, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत राखेका थिए। राष्ट्रिय तथा स्थानीय स्रष्टाहरूको सिर्जना र प्रस्तुतिले महफिललाई थप आकर्षक र जीवन्त बनाएको थियो।
कार्यक्रममा राप्ती साहित्य परिषद्का सचिव उर्मिला गौतमले सहजीकरण गर्नुभएको थियो भने परिषद्का उपाध्यक्ष डिकेन्द्र शाहले स्वागत मन्तव्य राख्नुभएको थियो।
रुकुम पूर्वमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको साहित्यिक महफिलले जिल्लाको साहित्यिक गतिविधिलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।।


रुकुम पूर्वमा कार्तिक २८ गते चौथो साहित्यिक महफिल हुँदै, राष्ट्रिय तथा स्थानीय स्रष्टाको जमघट हुने
रुकुम पूर्वमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। राप्ती

महाकवि देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न
रुकुम पूर्वमा तिहार पर्व तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशील लेखक संघ

सिस्ने शिक्षा क्याम्पसमा स्नातकदेखि स्नातकोत्तरसम्म नयाँ विषय थप
रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको सिस्ने शिक्षा क्याम्पसमा थप शैक्षिक कार्यक्रम सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले







प्रतिकृया दिनुहोस