• ON AIRपूर्वी रुकुम हालखबर
  • UP NEXTपालिका गतिबिधी

सिस्ने शिक्षा क्याम्पसमा स्नातकदेखि स्नातकोत्तरसम्म नयाँ विषय थप

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको  सिस्ने शिक्षा क्याम्पसमा थप शैक्षिक कार्यक्रम सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले नयाँ सम्बन्धन अनुमति प्रदान गर्ने निर्णय गरेको छ । लामो समयको अथक प्रयासपछि क्याम्पसमा विभिन्न संकायअन्तर्गत नयाँ विषय तथा शैक्षिक कार्यक्रम थप गर्ने बाटो खुलेको हो । क्याम्पस प्रमुख तिब्र गौतमका अनुसार त्रिभुवन विश्वविद्यालयको निर्णयअनुसार अब क्याम्पसमा स्नातक तहअन्तर्गत व्यवस्थापन संकायमा वि.बी.एस. (BBS) कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त हुने भएको छ । त्यस्तै, मानविकी संकायअन्तर्गत वि.ए. (BA) तहमा अर्थशास्त्र, समाजशास्त्र र राजनीतिशास्त्र विषय थप हुने भएका छन् ।

 

नयाँ कार्यक्रम थप भएसँगै सिस्ने शिक्षा क्याम्पसलाई बहुमुखी क्याम्पसका रूपमा विकास गर्ने लक्ष्यले थप गति लिने अपेक्षा गरिएको छ । यसबाट रुकुम पूर्वलगायत आसपासका क्षेत्रका विद्यार्थीलाई जिल्लाभित्रै विभिन्न संकाय र विषय अध्ययन गर्ने अवसर विस्तार हुने विश्वास गरिएको छ । उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम गर्नसमेत यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । क्याम्पसले नयाँ शैक्षिक कार्यक्रम थप गर्ने प्रक्रियामा सहयोग तथा योगदान पुर्‍याउने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गरेको छ । यद्यपि, कार्यक्रम थपसम्बन्धी सबै प्रक्रिया पूरा भइनसकेकाले बाँकी प्रक्रिया सम्पन्न गरी कार्यक्रम सञ्चालनको औपचारिक अनुमति प्राप्त भएपछि मात्रै नयाँ विद्यार्थी भर्ना तथा पठनपाठन सुरु गरिने क्याम्पसले स्पष्ट पारेको छ । भर्ना तथा कक्षा सञ्चालनसम्बन्धी आवश्यक सूचना समयमै सार्वजनिक गरिने क्याम्पसले सम्बन्धित सबैमा जानकारी गराएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न

SITENAME

रुकुम पूर्वमा कार्तिक २८ गते चौथो साहित्यिक महफिल हुँदै, राष्ट्रिय तथा स्थानीय स्रष्टाको जमघट हुने

 रुकुम पूर्वमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। राप्ती

SITENAME

महाकवि देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न

रुकुम पूर्वमा तिहार पर्व तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशील लेखक संघ