नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान

नेपाली कम्युनिष्ट पार्टीको दुई महिने राष्ट्रिय जागरण अभियान अन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर १ कुरेलीमा वडास्तरीय बैठक सम्पन्न भएको छ।
कुरेलीस्थित खरिबोटमा सम्पन्न बैठक अभियानका कुरेली संयोजक तथा लुम्बिनी प्रदेश सदस्य बमबहादुर पुन ‘विक्रम’को अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य निमकान्त डाँगी ‘जीतजङ’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बैठकमा वडाभित्रका १३ वटा टोल कमिटीहरूले संगठनात्मक अवस्थाबारे रिपोर्टिङ गरेका थिए। संगठन सुदृढीकरण तथा जनवर्गीय संगठनहरूलाई चुस्त बनाउने निर्णय गरिएको उक्त बैठकमा पार्टीका प्रदेश तथा जिल्ला तहका नेताहरूसहित करिब ३ सय ८० जनाको सहभागिता रहेको थियो।

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न

रुकुम पूर्वमा कार्तिक २८ गते चौथो साहित्यिक महफिल हुँदै, राष्ट्रिय तथा स्थानीय स्रष्टाको जमघट हुने
रुकुम पूर्वमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। राप्ती

महाकवि देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न
रुकुम पूर्वमा तिहार पर्व तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशील लेखक संघ








प्रतिकृया दिनुहोस