• ON AIRपूर्वी रुकुम हालखबर
  • UP NEXTपालिका गतिबिधी

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान

रेडियो पूर्वी रुकुम
SITENAME

नेपाली कम्युनिष्ट पार्टीको दुई महिने राष्ट्रिय जागरण अभियान अन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका वडा नं। १ कुरेलीमा वडास्तरीय विस्तारित बैठक सम्पन्न भएको छ। शुक्रबार कुरेलीस्थित खरिबोटमा भव्य रूपमा उक्त बैठक सम्पन्न भएको हो। अभियानका कुरेली संयोजक तथा पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य बमबहादुर पुन ‘विक्रम’को अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य निमकान्त डाँगी ‘जीतजङ’को प्रमुख आतिथ्यता रहेको थियो। बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाँगीले वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षा र जनताका आधारभूत समस्या समाधानका लागि पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले गाउँ तहसम्म संगठनलाई गतिशील र जनमुखी बनाउँदै जनताका मुद्दाहरूमा एकताबद्ध भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश समिति सदस्यहरू दीपक रोका, देवबहादुर बुढा ‘दिनेश’, हितकुमारी बुढा ‘निशा’, दलबहादुर बुढा ‘लालकिरण’ र मनबहादुर बुढा ‘प्रमोद’ लगायतका नेताहरूको आतिथ्यता रहेको थियो। बैठकमा परिवर्तन गाउँपालिका वडा नं। १ कुरेली अन्तर्गत रहेका १३ वटा टोल कमिटीका प्रतिनिधिहरूले आ–आफ्नो टोलको राजनीतिक, संगठनात्मक अवस्था तथा जनसरोकारका विषयमा विस्तृत रिपोर्टिङ प्रस्तुत गरेका थिए। बैठकले संगठन सुदृढीकरण, जनवर्गीय संगठनहरूको पुनर्गठन तथा परिचालनलाई चुस्त–दुरुस्त बनाउने र स्थानीय जनताका दैनिक समस्या समाधानमा पार्टी पंक्तिको भूमिका प्रभावकारी बनाउने लगायतका विविध विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। पार्टीका रोल्पा जिल्ला सदस्यद्वारा सञ्चालित उक्त बैठकमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता रहेको त्यहाँबाट पहलमान डाँगिले जानकारि दिनु भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न

SITENAME

रुकुम पूर्वमा कार्तिक २८ गते चौथो साहित्यिक महफिल हुँदै, राष्ट्रिय तथा स्थानीय स्रष्टाको जमघट हुने

 रुकुम पूर्वमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। राप्ती

SITENAME

महाकवि देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न

रुकुम पूर्वमा तिहार पर्व तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशील लेखक संघ