• ON AIRपूर्वी रुकुम हालखबर
  • UP NEXTपालिका गतिबिधी

सिस्ने गाउँपालिका १ को दुई स्थानमा लागूऔषध नियन्त्रण सम्बन्धि सचेतना

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वमा लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि प्रहरीले गाउँस्तरमा जनचेतनामूलक अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा सिस्ने गाउँपालिका–१ का दुई स्थानमा अफिमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट प्रहरी निरीक्षक लालबहादुर विकको कमाण्डमा खटिएको प्रहरी टोलीले कात्तिक १७ गते ठूलो सिस्ने र १८ गते रतुवामारामा स्थानीय बासिन्दाको सहभागितामा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।

 

कार्यक्रमका क्रममा प्रहरीले स्थानीयवासीलाई अफिमको प्रयोग तथा लागूऔषध दुर्व्यसनले मानव स्वास्थ्यमा पार्ने गम्भीर असर, व्यक्ति तथा परिवारमा निम्त्याउने समस्या र यसको कारोबार तथा प्रयोगसम्बन्धी कानुनी व्यवस्था र सजायका विषयमा जानकारी गराएको थियो । लागूऔषध दुर्व्यसन समाजको चुनौतीका रूपमा रहेकाले यसको नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै स्थानीय समुदायको सक्रिय सहभागिता पनि आवश्यक रहेको जनाइएको छ ।

 

लागूऔषधको जोखिमबारे नागरिकलाई सचेत बनाउँदै दुर्व्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यले प्रहरीले जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । प्रहरीले आगामी दिनमा पनि लागूऔषधविरुद्धको सचेतना अभियानलाई निरन्तरता दिने जनाएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

रुकुम पूर्वमा चौथो साहित्यिक महफिल भव्य रूपमा सम्पन्न ।।

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम पूर्वमा आयोजना गरिएको चौथो साहित्यिक महफिल–२०८३ भव्य रूपमा सम्पन्न

SITENAME

रुकुम पूर्वमा कार्तिक २८ गते चौथो साहित्यिक महफिल हुँदै, राष्ट्रिय तथा स्थानीय स्रष्टाको जमघट हुने

 रुकुम पूर्वमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। राप्ती

SITENAME

महाकवि देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न

रुकुम पूर्वमा तिहार पर्व तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। प्रगतिशील लेखक संघ