• ON AIRपूर्वी रुकुम हालखबर
  • UP NEXTपालिका गतिबिधी

रोल्पाको परिवर्तनमा नेकपाको पालिकास्तरीय बैठक

रेडियो पूर्वी रुकुम
SITENAME

नेपाली कम्युनिष्ट पार्टीले सञ्चालन गरेको दुई महिने राष्ट्रिय जनजागरण अभियानअन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिकामा पालिकास्तरीय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीको संगठनात्मक अवस्था, वडा तहका गतिविधि तथा अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी परिवर्तन गाउँपालिका संयोजक हरिप्रसाद बुढाको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिका इन्चार्ज निमकान्त डाँगी (जितजङ्ग) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । बैठकमा नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश समिति सदस्य हितकुमारी बुढा, सुकबहादुर बुढा, बमबहादुर पुनलगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो ।

 

बैठकमा लुम्बिनी प्रदेश समिति सदस्य दीपक मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन पार्टीका परिवर्तन गाउँपालिका सचिव कर्णबहादुर बुढाले गर्नुभएको थियो । बैठकको मुख्य विषयका रूपमा परिवर्तन गाउँपालिकाका छवटै वडाको संगठनात्मक अवस्था र पार्टीका गतिविधिबारे समीक्षा गरिएको थियो । सो क्रममा छवटै वडाका पार्टी संयोजकहरूले आ–आफ्नो वडाको वर्तमान अवस्था, संगठनात्मक गतिविधि तथा प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो ।

 

जसअनुसार वडा नम्बर १ बाट मदनकुमार रोक, वडा नम्बर २ बाट खर्कबहादुर वली, वडा नम्बर ३ बाट वीरबहादुर केसी, वडा नम्बर ४ बाट कमलबहादुर बुढा, वडा नम्बर ५ बाट रेगबहादुर बुढा र वडा नम्बर ६ बाट रविन्द्र बुढामगरले आ–आफ्नो वडाको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । दुई महिने राष्ट्रिय जनजागरण अभियानलाई वडा तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने तथा पार्टीका गतिविधिलाई थप सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित बैठक आयोजना गरिएको जानकारी पहलमान डाँगीले दिनुभएको छ ।।

प्रतिकृया दिनुहोस

पद भन्दा पनि जिम्मेवारी पूरा गरेर नेतृत्व स्थापित गर्नुपर्छ : रास्वपा रुकुम पूर्व सभापति थापा

रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वका सभापति लखनकुमार थापाले पार्टीमा पदभन्दा काम, जिम्मेवारी र परिणामलाई प्राथमिकता

SITENAME

पद भन्दा पनि जिम्मेवारी पूरा गरेर नेतृत्व स्थापित गर्नुपर्छ : रास्वपा रुकुम पूर्व सभापति थापा

रुकुम पूर्व - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पूर्वका सभापति लखनकुमार थापाले पार्टीमा पदभन्दा काम, जिम्मेवारी र परिणामलाई प्राथमिकता

SITENAME

सिंहदरबारको अधिकार गाउँमा , तर आशा अझै 'प्रचण्ड बाजेको' खल्तीमा !

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै ‘सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेको’ दाबी गरिए पनि नागरिकको अपेक्षा र मनोविज्ञान अझै